संखुवासभा को खाँदबारीमा प्रदेश नं १ स्तरीय बौद्ध सम्मेलन २०७९

भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयको मूल उद्देश्य बौद्ध दर्शन, साहित्य, शिक्षा, सम्पदा र संस्कृतिलाई विश्वविद्यालय शिक्षाका माध्यमबाट संरक्षण, संवद्र्धन एवं प्रवद्र्धन गर्नु हो । बौद्ध परम्परालाई वर्तमान विश्वमा शान्ति, करुणा, अहिंसा र बन्धङ्खवको मूल्य र महङ्खवलाई स्थापित गर्न सान्दर्भिक र प्रभावकारी शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानको कार्य गर्दै आएको छ । यस विश्वविद्यालयको अनुसन्धान केन्द्रले आफ्नो कार्ययोजनालाई थप घनीभूत बनाउन अनुसन्धानका लागि नेपालका दुर्लभ क्षेत्रहरु चयन गर्दै आएको छ । नेपालका दुर्लभ तथा सहज पहुँच नहुने क्षेत्रका विषयमा तहाँका सम्भावित विज्ञहरुको सहयोग लिई अनुसन्धानलाई अगाडि बढाउने कार्य यस केन्द्रले गरेको छ । यसै सन्दर्भमा श्रीमान् निमित्त उपकुलपतिबाट जानकारी र निर्देशन भएअनुसार प्रदेश नं. १ मा रहेका मौलिक बौद्ध सम्पदा र संस्कृतिको पहिचान गरी त्यसलाई उजागर हेतु लुम्बिनी बौद्ध विश्वविद्यालय, अनुसन्धान केन्द्र र जिल्ला समन्वय समिति, सङ्खुवासभाको संयुक्त आयोजनामा सङ्खुवासभा जिल्लामा हिमाली बौद्ध दर्शन, सम्पदा र संस्कृति विषयक सम्मेलन गरिएको छ ।
यस कार्यले देशको समृद्धि र शान्तिका लागि हिमाली बौद्ध दर्शन, सम्पदा र संस्कृतिको उजागर गरी संरक्षण र संवद्र्धनका लागि उत्प्रेरित गरेको छ ।


मिति २०७९।११।१३ र १४ गते भएको प्रदेश नं.१ बौद्ध सम्मेलनका लागि निम्न मितिमा निम्न कार्यहरु गरियो । विभिन्न मोनास्टीमा रहेका लामा आनीलाई सोही स्थानमा गई यात्रा विषयमा जानकारी दिइयो । १२ गते आयोजना स्थल, खाँदबारीमा पुगी स्थलगत अवलोकन भ्रमण, १३ सम्मेलनमा पुस्तक विमोचन र सम्मानका कार्यक्र्रमहरुका साथै विभिन्न झाँकीहरुको प्रदर्शन गरिएको थियो । १४ गते निम्नलिखित कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम सम्पन्न भयो ।

१ प्रा.डा.रमेश ढुंगेल : प्रदेश १ मा हिमाली बौद्ध अध्ययन केन्द्र स्थापनाको प्रसंग र उपल्लो अरुण, तमोर र खुम्बु उपत्यकामा बौद्ध सम्पदा
२ प्रा.डा.गितु गिरी Buddhist Stupas in Ancient Kapilavastu and Ramagrama
३ टंकप्रसाद कार्की बौद्ध धर्म र राजनीति
४ डा.अपर कुमार लम्साल: Buddhist Education : Philosophy and Implication
५ डा.अनिल कुमार पोखरेल Buddhist Education : Philosophy and Implication
६ डा.मात्रिका तिम्सिना: माथिल्लो अरुण उपत्यकास्थित
याङ्गुठी गुम्बाः एक अध्ययन
७ सुमन्तराज न्यौपाने: माथिल्लो अरुण उपत्यकास्थित
याङ्गुठी गुम्बाः एक अध्ययन
८ डा.हरि रोका : नेपाली सन्दर्भमा बुद्धवादी अर्थशास्त्र एक विचार
९ गणेश बज्राचार्य : भोजपुरमा थेरवादी बुद्धधर्मको प्रारम्भ र विकासमा आचार्य डा. भिक्षु अमृतानन्द महास्थविरको योगदान
१० राजेन्द्र कुमार आचार्य: माघे सङ्क्रान्ति, माघी वा माघमहोत्सव ः पूर्वदेखि पश्चिमसम्म
११ राजेन्द्र थापा वरुण : उपत्यका र छेयलेम्बुको अध्यात्मिक इतिहासमा शेर्पा गोठालाहरुको संस्कृति
१२ तारा बहादुर बुढाथोकी: तामाङ जातिको गितसँग बौद्ध धर्मको सम्बन्ध ः एक चर्चा
१३ विद्या शाक्य: बौद्ध दर्शन र सम्पदा
१४ ओमप्रसाद सुवेदी : ओजस्वी हलेसीको प्राचीनता र बौद्ध धर्मका पद्मसम्भव÷रिम्पोछ
१५ बसन्त तामाङ : तामाङ‘ जातिको उत्भव र विकास
१६ विनोद गुरुङ :तमु वौद्ध गुम्वा खाँदवारी
१७ किरण शाक्य: त्रिरत्न बुद्ध विहार खाँदवारी एक परिचय
१८ उमेश शाक्य: चैनपुरको बौद्धसम्पदाको परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *