स्नातक तह (BTCSOL) कार्यक्रममा शैक्षिक शत्र २०८०।८१ को लागि भर्ना आवेदन सम्बन्धी सूचना ।

प्रथम पटक प्रकाशित मिति ः २०८०।०७।१७

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत चार वर्षे Bachelor in Teaching Chinese Language to Speakers of Other Language (BTCSOL) कार्यक्रमका लागि सेमेस्टर प्रणाली अन्तर्गत शैक्षिक शत्र २०८०।८१ का लागि भर्ना आवेदन खुलेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । उक्त शैक्षिक कार्यक्रममा भर्ना भई अध्ययन गर्न चाहने विद्यार्थीहरूले यस विश्वविद्यालयको वेबसाइट apply.old.lbu.edu.np मा गई अनलाइन भर्ना आवेदन फाराम भर्नुहुन अनुरोध गरिन्छ ।
१) भर्ना आवेदन खुल्ने मिति ः २०८०।०७।१७
२) आवेदन दिने अन्तिम मिति ः२०८०।०७।३०
४) प्रवेश परीक्षा शुल्कः ५०० भ्(क्भधब मार्फत तिर्नु पर्ने छ ।
५) आवेदनसाथ पेश गर्नुपर्ने कागजातहरूः
क) नेपाली नागरिकता वा बिदेशी विद्यार्थीहरूको हकमा पासपोर्टको प्रतिलिपि ।
ख) दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो ।
६) न्यूनतम शैक्षिक योग्यताः कम्तीमा चालिस प्रतिशत अंक वा C ग्रेड, औसात ग्रेड प्वाइन्ट २.० ल्याई माध्यमिक तह (+2) उर्तीण गरेको हुनुपर्नेछ ।
७) प्रवेश परीक्षा हुने मिति, समय र स्थानः
मिति ः २०८०।८।०१
समय ः विहान ११ः०० बजे
स्थान ःकेन्द्रीय क्याम्पस, लुम्बिनी र सिटी क्याम्पस, बुटवल ।
१०) पठनपाठन हुने स्थानः केन्द्रीय क्याम्पस, लुम्बिनी र सिटी क्याम्पस, बुटवल प्रति सेक्सन ३५ जनाको दरले एक सेक्सन
११) प्रवेश परीक्षाको पाठ्यक्रम र प्रश्नपत्रको नमूना website मा प्रकाशन गरिएको छ ।

अन्य विस्तृत जानकारीको लागि सम्बन्धित क्याम्पसमा सम्पर्क गर्न सकिनेछ ।
केन्द्रीय क्याम्पस, लुम्बिनी, ०७१–४०४०७७ [email protected]
बुटवल सिटी क्याम्पस, बुटवल ः ०७१–४४५५३७ [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *