लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा अमेरिकी उपसहायक मन्त्री केल्ली काईडेर्लिङको टोलीले अन्र्तक्रियात्मक भ्रमण गरेको छ । विश्वविद्यालयले एक कार्यक्रम गरी उपसहायक मन्त्री केल्ली नेतृत्वको टोलीसंग छलफल गरेको हो ।
सो अवसरमा बोल्दै उपसहायक मन्त्री केल्लीले अमेरिका र नेपालको सम्बन्ध ७५ वर्षदेखि घनिष्ट रहेको बताउनुभयो । ‘नेपाल र अमेरिका ७५ वर्षदेखि घनिष्ट मित्रका रुपमा रहेका छन्, यो सम्बन्ध थप ७५ वर्षपछिसम्म पनि यस्तै घनिष्ट रहीरहन्छ, उहाँले भन्नुभयो ।
अमेरिकी प्रतिनिधी मण्डललाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयको प्राज्ञिकसहित समग्र विषयमा जानकारी गराउनुभएको थियो । उपकुलपति बज्राचार्यले अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्रको माग बमोजिम विश्वविद्यालय स्थापना भएको भन्दै स्थापनाको उद्देश्यपूर्ति गर्ने गरी कार्य गरिरहेको बताउनुभयो । विश्वविद्यालयले मुल बौद्ध दर्शन र प्रयोगात्मक बौद्ध दर्शनलाई आत्मसाथ गर्दै कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कानून, यात्रा तथा पर्यटन, वन विज्ञान लगायतका विषयहरु बौद्ध दर्शनकै प्रयोगात्मक शिक्षणतर्फका रहेको उहाँले बताउनुभयो । कक्षा सञ्चालन शुरु भएको छोटो अवधिमा बौद्ध विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राज्ञिक विकासका निरन्तर कार्य गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य, डीन डा. माणिकरत्न शाक्य, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, प्राध्यापक डा. सांकिच्च, केन्द्रीय क्यामपस सहायक प्रमुख डा. शारदा पौडेल लगायत प्राध्यापक, कर्मचारीहरुको सहभागिता रहेको थियो । अमेरिकी टोलीमा क्षेत्रीय अंग्रेजी भाषा अधिकृत डा. नाबिला मासौमी, विश्व गौतमलगायतको सहभागिता रहेको थियो ।
अमेरिकी दुतावासको सहयोगमा लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरुले अंग्रेजी भाषा प्रशिक्षण कक्षा लिइरहेका छन् । उपसहायक मन्त्रीसहितको टोलीले विद्यार्थीहरुसंग समेत अन्र्तक्रिया गरेको थियो ।
क्याप्सन ः विश्वविद्यालय भ्रमणमा आएको अमेरिकी टोलीसंग अन्र्तक्रिया हुदै ।