लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसनबीच आपसी सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । मिति २०७८ कार्तिक २५ गते विश्वविद्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सहकार्यपत्रमा हस्ताक्षर भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा विश्वविद्यालयकातर्फबाट उपकुलपति प्रा.डा. हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्य तथा फाउन्डेसनकातर्फबाट अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
दक्ष जनशक्ति उत्पापदन, पर्यटन प्रवद्र्धन, स्पेनिस र नेपाली भाषा एकअर्का देशका विद्यार्थीमा पठनपाठन, प्राज्ञिक व्यक्तित्वबीच शैक्षिक प्रवद्र्धन कार्यक्रम, आर्थिक अनुदान लगायतका उद्देश्यहरु सहमति पत्रमा उल्लेख गरिएको छ । सहकार्य पत्रमा हस्ताक्षरले विश्वविद्यालयले फाउन्डेसनमार्फत स्पेन र युरोपमा सम्बन्ध विस्तार गर्ने विश्वास विश्वविद्यालयका अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईले बताउनुभयो ।
सो अवसरमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका विश्वविद्यालयको शिक्षा विश्वमा पहिचान हुनेगरी प्रतिष्पर्धी हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले मुलुकको जेठो विश्वविद्यालयले गर्न नसकेको काम बौद्ध विश्वविद्यालयले गर्नुपर्ने बताउनुभयो । ‘हामी आफूले पढ्ने विश्वविद्यालयका नाम सुन्दा नाक खुम्च्याउने अवस्था हुनुहुदैन, उहाँले भन्नुभयो, –‘जेठो विश्वविद्यालयले गर्न नसकेका कामहरु बौद्ध विश्वविद्यालयले गर्न खोजिरहेको छ । यसलाई निरन्तरता दिनुपर्छ ।’ विश्वमा नाम चलेका विश्वविद्यालयको सूचिमा बौद्ध विश्वविद्यालय आउनु्पर्ने उहाँले बताउनुभयोनुभयो । त्यसका लागि प्राध्यापक÷शिक्षकले चासो दिनुपर्ने उहाँको भनाई थियो ।
पूर्विया मुलुकमा अहिले बौद्ध दर्शन अध्ययन गर्ने परिपाटीको विकास भइरहेको सन्दर्भमा ती अध्येताहरुलाई बुद्ध जन्मेकै स्थानमा पढाउने व्यवस्था गर्न जरुरी
रहेको उहाँले बताउनुभयो । बुद्ध दर्शन सबैको साझा रहेको उहाँले बताउनुभयो । साझा दर्शनलाई धर्ममा मात्रै नजोडेर विश्वभर शान्ति र अहिंसाको सन्देश प्रवाह गर्ने माध्यम बनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले विश्वविद्यालयमार्फत शैक्षिक उन्नयनका काम गर्नका लागि उपकुलपति, रेक्टर, रजिष्ट्रारहरु सक्रिय हुनुपर्ने बताउनुभयो । ‘नियुक्ती लिएर पद पाउनु मात्रै ठूलो कुरा होइन, उपकुलपति भएपछि विश्वविद्यालयले के स्वरुप पायो भन्ने महत्वपूर्ण कुरा हो, उहाँले भन्नुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयले शिक्षक तथा विद्यार्थीमार्फत बौद्ध दर्शनको प्रवद्र्धनमा काम गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।