सार्कका महासचिवसहितको टोली विश्वविद्यालय भ्रमणमा

सार्कका महासचिव इसला विराकुनले बौद्ध दर्शनले सार्कका मुलुकहरुलाई एकआपसमा जोड्ने काम गरेको बताउनुभएको छ । सार्कमा रहेकामध्ये दुई वटामात्रै बौद्ध राष्ट्र भएपनि अन्य मुलुकमा पनि बुद्धिष्ट र बौद्ध संस्कृति उत्तिकै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै महासचिव विराकुनले नेपालबाट शान्तिको सन्देश विश्वभर फैलिरहेको बताउनुभयो । बुद्धका सन्देशले सार्कमात्रै नभई विश्वलाई नै शान्ति र करुणामय राख्ने विश्वास उहाँले विश्वास गर्नुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्याललाई सार्कका अन्य मुलुकका विश्वविद्यालयका शैक्षिक कार्यक्रमसंग जोड्नका लागि आफूले सहयोग गर्ने उहाँले बताउनुभयो । ‘सार्कका मुलुकहरुबीच सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तार गर्नुपर्छ, बुद्ध दर्शन त्यो महत्वपूर्ण पाटो हो, उहाँले भन्नुभयो । विद्यार्थीहरुलाई एकअर्का मुलुकमा अध्ययन गर्न पठाएर सार्कबीचको बलियो सम्बन्ध कायम हुन सक्ने उहाँले बताउनुभयो ।

सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले सार्कमार्फत अन्य देशसंग प्राज्ञिक उन्नयनमा सहकार्य गर्न खोजिरहेको बताउनुभयो । उहाँले महासचिवलाई समन्वयका लागि आग्रह समेत गर्नुभयो ।

विश्वविद्यालयले विदेश विद्यार्थीलाई अध्यापन गराइरहेको र त्यसमा सार्क मुलुकका विद्यार्थीलाई लुम्बिनीमा ल्याई बौद्ध दर्शनको पठनपाठन गर्नका लागि सार्क सचिवालयबाट पहल गरिदिन आग्रह गर्नुभयो । १० वर्षे रणनीति बनाइरहेको विश्वविद्यालयलाई आवश्यक सुझाव दिन समेत महासचिवलाई उहाँले अनुरोध गर्नुभयो । विश्वविद्यालयले श्रीलंका र भारतका केही विश्वविद्यालयसंग सहकार्य गरिरएको जनाकारी दिदै उहाँले अन्य देशमा पनि सहकार्यलाई अघि बढाइने बताउनुभयो ।

सो अवसरमा विश्वविद्यालयका डीनहरु डा. माणिकरत्न शाक्य, प्रा.डा. रामचन्द्र पौडेल, प्राध्यापक डा. संकिच्च महास्थविरले लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन अध्ययन र अनुसन्धान तथा बौद्ध स्थलको उत्खनन् सम्बन्धी गरेका प्राज्ञिक गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो ।

सार्क महासचिव विराकुन नेतृत्वमा आएको टोलीमा उहाँकी पत्नि एवं श्रीलंकन राष्ट्रपतिको विदेश विभाग पूर्व निर्देशक क्रिशान्ति विराकुन, श्रीलंकन महाविहारका इन्चार्ज पन्नसरा थेरो, युएनडीपी लुम्बिनी कार्यालय प्रमुख सुदीप अर्याल लगायत सहभागि रहनुभएको थियो । टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयपरिसरको बौद्ध स्तुपा, केन्द्रीय क्याम्पसको अवलोकन गरेको थियो ।

No description available.
सार्कका महासचिवसहितको टोली ।
No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *