लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्या परिषद्को बैठक सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको विद्या परिषद्को बैठक मिति २०७८ साउन २८ गते अनलाईन माध्मबाट सम्पन्न भएको छ । बौद्ध अध्ययन संकायका डीन साथै विद्या परिषद्का अध्यक्ष डा.माणिकरत्न शाक्यको अध्यक्षतामा सञ्चालित बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न वज्राचार्य र रजिष्ट्रार डा.तिलकराम आचार्यको आतिथ्य रहेको थियो । उक्त बैठकमा त्रिशरणगमन र पञ्चशील ग्रहण गराउनुका साथै आनापाना ध्यानका साथै नवमनोनित सदस्यहरू र पदेन सदस्यहरूले परिचय कार्यक्रमका साथै आ आफ्नो विषय समितिको छोटो विवरण प्रस्तुत गर्नुभयो भने बैठकको सञ्चालन शैक्षिक प्रशासन शाखा अधिकृत यमुना मरासिनीले गर्नु भयो ।

सो बैठकले वोधि इन्ष्टिच्यूटसँगको सहकार्यमा Certificate in Buddhist Monastic Education कार्यक्रम सञ्चालन, अक्षेश्वर महाविहारसँगको सहकार्यमा Bachelor in Traditional Art कार्यक्रम सञ्चालन साथै Master in Bhot Buddhist Studies को उपाधि स्थापना, स्नातक तहको ग्रामीण विकासको सेमेष्टर, स्नातकोत्तर तहको बौद्ध वास्तुकला एवम् भौतिक योजना सेमेष्टर र BALLB को तेस्रो सेमेष्टरको पाठ्यक्रम अनुमोदनको लागि प्राज्ञिक परिषद् मा सिफारिस गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *