लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजित १४ औँ वार्षिकोत्सव विशेष समारोह तथा भवन उद्घाटन कार्यक्रम सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भएको छ ।
स्थापना दिवसका अवसरमा विश्वविद्यालयको नवनिर्मित सात वटा भवनहरुको पनि उद्घाटन गरिएको थियो । विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन निर्माण गरेको छ ।
बौद्धधर्मको प्रचारप्रसारमा उल्लेखनीय योगदान पु¥याउनुहुने नेपालका ख्यातीप्राप्त बौद्धधर्मका ज्ञाता र विश्वविद्यालयका पूर्वउपकुलपतिका साथै पूर्व रजिष्ट्रारलाई सम्मान पनि गरिएको थियो । विशेष समारोहमा प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा आचार्य महायोगी विद्याधर श्रीधर राणा रिम्पोछे, भिक्षुणी धम्मावती गुरुमा , ज्ञानुपूृर्णीक महास्थविर, ङ्वाङ्ग तेञ्जिङ्ग जाङ्ग्पो रिम्पोछे लाई बौद्ध विद्धानको रुपमा सम्मान गरिएको थियो ।
यस्तै पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्य, प्रा.डा त्रि-रत्न मानन्धर र पूर्वरजिष्ट्रार डा. पिताम्बरलाल यादवलाई पनि सम्मान गरिएको थियो ।