प्रेस विज्ञप्ति

२०७९।०८।२८

लुम्बिनी बौद्ध विश्वविद्यालयका विषयमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको छ । सत्य, तथ्य सूचनाका आधारमा जनतालाई सूसुचित गर्ने अहम् भूमिका सञ्चारमाध्यमको रहन्छ । सञ्चारमाध्यमा प्रकाशन र प्रशारण हुने समाचारहरु सत्य तथ्यमा आधारित र निष्पक्ष हुन्छन् भन्ने कुरामा आम नागरिक विश्वास गर्छन् ।
तथापि, मिति २०७९ मंसिर २७ गते केही अनलाईनमा प्रकाशित लुम्बिनी बौद्ध विश्वविद्यालय सम्बन्धीत समाचार हेर्दा आश्चर्यचकित बनाएको छ । निम्न प्रमाणहरुले समाचारमा राखिएका विवरण र आरोपहरु सतप्रतिशत गलत र तथ्यहिन हुन् भन्ने प्रमाणित गर्दछ ।
१. रजिष्ट्रारको नियुक्ति ः लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रारको नियुक्ती उपकुलपतिबाट नभई कुलपति एवं प्रधानमन्त्रीबाट भएको र यो विषय विश्वविद्यालय ऐनको दफा २३ (२) मै भएको व्यवस्था हो । यसको प्रमाण प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालयबाट लिन सकिन्छ ।
२. शिक्षक नियुक्ति ः लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थायी, करार, कोर्ष करार, आगन्तुक शिक्षक तथा विज्ञ रहने व्यवस्था छ । हाल विश्वविद्यालयमा कार्यरत प्राज्ञिक जनशक्ति विश्वविद्यालयको सेवा सम्बन्धी नियमावली २०७४ को नियम २०,२१ र २३ बमोजिमको प्रक्रिया पु¥याई नियुक्त गरिएको हो ।
३. नाता ः करारमा नियुक्त शिक्षकसंगको नाता कुनै पदाधिकारीसंग रहेको छैन ।
४. शिक्षकको योग्यताको प्रमाण पत्र ः समाचारमा नाम उल्लेख भएका उपप्राध्यापक मेघनाथ खनालले २०७२ सालमै एलएलएम उत्तिर्ण गरेको प्रमाणपत्र विश्वविद्यालयसंग रहेको छ ।
५. होटल खर्च ः विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा समय–समयमा विषय विज्ञ आमन्त्रण गरी विशेष कक्षा सञ्चालन हुने गरेको छ । सोही क्रममा विषय विज्ञहरुलाई होटलमा राख्ने गरिएको र यो विश्वविद्यालयको ऐन, नियम अन्तर्गत व्यवस्थित छ ।
६. माछापुच्छ्र्रे्र बैकमा रकम दाखिला ः समाचारमा उल्लेख गरिएजस्तो पैसा जम्मा गर्नका लागि विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यको माछापुच्छ्रे बैंकमा खाता नै हालसम्म नखोलेको अवस्था छ । आवश्यक परेमा माछापुच्छ्रे बैंकबाट शाख सूचना लिन सकिन्छ । तसर्थ यो काल्पनिक विषय देखिन्छ ।
७ डिनको नियुक्ति ः विश्वविद्यालयमा रहेको सबै डिनहरुको नियुक्ती नियमावलीले तोकेको प्रक्रिया र कार्यकारी परिषद्को निर्णयबाट हुने गरेको छ । त्यसका प्रमाणहरु विश्वविद्यालयमा सुरक्षित छन् ।
८. विज्ञको नियुक्ति ः विश्वविद्यालयको सेवा सम्बन्धी नियमावली २०७४ को नियम २३ ले विषय विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था गरेको, सो अधिकार कार्यकारी परिषद्मा रहेकाले सोही अधिकारभित्र रहेर विषय विज्ञ नियुक्त हुने गरेको छ ।
९. शिक्षकमाथि आरोप ः समाचारमा शिक्षकहरुको चरित्रमाथि गम्भिर प्रकृतिको आरोप लगाइएको छ । ती निराधार र कपोलकल्पित छन् ।
समाचारमा उल्लेख गरिएका विवरण र माथिका तथ्यले पदाधिकारीको चरित्रहत्या तथा विश्वविद्यालयको शाख गिराउने र बदनाम गर्ने नियतबाट समाचार प्रकाशित भएको प्रष्ट देखिन्छ ।
समाचार लेखनका क्रममा सूचना प्रदान गर्ने व्यक्ति दीपक खनाल (दाङ) यस विश्वविद्यालयले कानून विषयमा करार पदपूर्तिका लागि आह्वान गरेको विज्ञापन अनुसार सहायक प्राध्यापक पदमा आवेदन दिई परीक्षामा अनुत्तिर्ण भएका व्यक्ति हुन् । निजले मौखिक परीक्षा र कक्षा अवलोकनका दिनसम्म एलएलएम उत्तिर्ण भएको सक्कल प्रमाणपत्र ल्याउन नसकेको तथा कक्षा अवलोकनका क्रममा अमर्यादित र अवान्छित हर्कत गर्नुका साथै परीक्षा लिन पुग्नुभएका विज्ञहरुमाथि अभद्र व्यवहार प्रस्तुत गरी बाहिरिनुभएको थियो ।
उहाँ सहायक प्राध्यापकको परीक्षामा अनुत्तिर्ण भएको रिसमा विश्वविद्यालयलाई बदनाम गर्ने नियतले ग्रसित भई बिभिन्न निकायमा उजुरी लिएर पुगेको हाम्रो ठम्याई छ । कुनै पनि व्यक्तिबाट प्राप्त सूचनामाथि सञ्चारमाध्यबाट हुनुपर्ने तथ्यपुष्टि (क्रसचेक)को सामान्य सिद्धान्तलाई सञ्चारमाध्यमले अंगिकार नगरेको देख्दा हामीलाई दुःख लागेको छ । विश्वविद्यालय प्राज्ञिक निकाय हुन् । यसको मर्मलाई अनलाईनले वास्तै नगरी कुनै अमुक व्यक्तिले लगाएका आरोपलाई महत्वपूर्ण सूचना ठानी हुबहु समाचारका रुपमा प्रकाशित गर्नु निन्दनीय छ । यो समाचारप्रति हामी खेद प्रकट गर्दछौं । साथै समाचारमा आएका तथ्यहिन कुराहरुमार्फत नागरिकमा भ्रम नछर्न आग्रह गर्दछौं ।
पुनश्च ः यो विषयमा समाचार लेख्ने पत्रकारले विश्वविद्यालयको कुनै अधिकारीसंग पुष्ट्याई समेत गरेको देखिदैन् । सम्पर्कनै नगरी रजिष्टार सम्पर्कमा आउन चाहेनन् भन्ने कुराबाट यो समाचार एकपक्षीय र भ्रम फैलाउने नियतले लेखिएको भन्ने कुरा प्रमाणित हुन्छ । मिडियाले हचुँवाका भरमा आएका सूचनालाई विश्वास गरी समाचार प्रकाशित गर्नु खेदजनक छ । तत्थ्यहिन समाचारको प्रकाशनले मिडियाको विश्वशनियतामै प्रश्न उठछ भन्ने कुरातर्फ अनलाईनको ध्यान आकर्षण गर्न चाहान्छौं ।
विश्वविद्यालयका रजिष्ट्रारको नियुक्ती कुलपति अर्थात प्रधानमन्त्रीबाट हुन्छ भन्ने सामान्य ज्ञान शिक्षाका विषयमा कलम चलाउने पत्रकारलाई हुनुपर्छ । विश्वविद्यालयमा भएका डिन, नियुक्ती, शिक्षक नियुक्ती प्रक्रियासम्मत हुने बिषय हुन् । यसर्थ, समाचारमा प्रकाशित कुनै पनि आरोप सत्य तथ्यमा आधारित नभएकाले सच्याउन आग्रह गर्दछौं । साथै, यो समाचारबाट विश्वविद्यालय तथा पदाधिकारीको विषयमा चरित्रहत्या गर्नेगरी भ्रम छरिएको एवं व्यक्तिगत आचरणमाथि ठेस पुगेको हुनाले छानविन गरी आवश्यक कारबाहीका लागि सञ्चारमाध्यमको नियमनकारी निकाय प्रेस काउन्सिलसंग अपिल गर्दछौं । साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा आम नागरिकहरुलाई समाचारमा प्रकाशित विषयहरुबाट भ्रममा नपर्न आग्रह गर्दछौं ।

(चुरामणि पोखरेल)
सूचना अधिकारी

PDF Version

(1) Comment

  • Santa panta Bhatta 12/15/2022 @ 7:09 pm

    It is absolutely right press meet.

Leave a Reply

Your email address will not be published. Required fields are marked *