बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी कलेज बुटवलले नयाँ भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्नुभयोको छ ।
बुटवलको बेलवासमा मिति २०७९ बैशाख ३ गते शनिबार आयोजित एक कार्यक्रममा बीए. एलएल.बी. र बिटिटिएम पहिलो संकायका विद्यार्थीको स्वागत तथा अभिमुखीकरण भएको हो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले अन्र्तराष्ट्रिय महत्वको बौद्ध विश्वविद्यालयले बुटवलमा दुई कार्यक्रम सञ्चालन गर्नुभयोर शिक्षामा महत्वपूर्ण काम गर्नुभयोको बताउनुभयो । बौद्ध विश्वविद्यालय विशिष्टिकृत रहेको र यहाँबाट उत्पादित जनशक्ति बौद्ध शिक्षालाई आत्मसाथ गरी नैतिक चरित्रवान हुनेमा उहाँले विश्वास गर्नुभयो । बुद्धले दिएका ज्ञान र दर्शन जोडिएका शैक्षिक कार्यक्रममले समुदायमा शसक्त जनशक्ति पठाउने काम विश्वविद्यालयले गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
पूर्वमन्त्री श्रेष्ठले विद्यार्थीको पहिलो लक्ष्य नै ज्ञान हासिल गर्नु हुने भन्दै त्यति गरेमात्रै अन्र्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धी बन्न सकिने उहाँको भनाई छ । उहाँले विश्वविद्यालयका लागि नयाँगाउँमा जमिन व्यवस्थापनमा स्थानीय समुदायले महत्वपूर्ण योगदान गर्नुभयोको भन्दै प्रशंसा गर्नुभयो ।
सो अवसरमा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले शैक्षिक गुणस्तर कायम गर्ने विषयमा विश्वविद्यालय योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । विश्वविद्यालय अध्ययन गर्ने प्राज्ञिक थलो भएको भन्दै अन्य गतिबिधि असभ्य हुने उहाँले बताउनुभयो । ‘यो ज्ञान आर्जन गर्ने स्थान हो, अझ बौद्ध विश्वविद्यालयमा अन्यमाजस्तो विकृति भित्रिन दिनुहुदैन, त्यस कुरामा हामी सचेत छौं, उहाँले भन्नुभयो । बौद्ध विश्वविद्यालयमा शिक्षा बाहेकका क्रियाकलाप अशोभनीय हुने भन्दै उहाँले त्यस्ता क्रियाकलापमा नलाग्न सबैलाई आग्रह गर्नुभयो ।
विश्वविद्यालयले भौतिक पूर्वाधार निर्माणसंगै प्राज्ञिक विकासमा अग्रसर रहेको उहाँले बताउनुभयो । विएएलएलबी र विटिटिएम विषय नयाँ तथा समुदायका लागि सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । बौद्ध दर्शनसंग जोडिएका यी कार्यक्रमबाट उत्पादिन जनशक्ति विशिष्टिकृत हुने भन्दै त्यसै अनुसारको मेहनत गर्न उहाँले विद्यार्थीलाई आग्रह गर्नुभयो । विद्यार्थीहरुका लागि प्रयाप्त प्रयोगात्मक कक्षाहरु हुने र त्यसका लागि आवश्यक पूर्वाधार समेत बनिरहेको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव राजेन्द्र थापाले कानून विषय ज्यादै गहन र प्रयोगात्मकमा केन्द्रीत हुने भएकाले मेहनतका साथ अध्ययन गर्न उहाँले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । कानून विषयलाई स्थानीयस्तरमै सहज रुपमा अध्यापन गराउनका लागि प्रदेश सरकारले विश्वविद्यालयलाई सहयोग समेत गरिरहेको उहाँले बताउनुभयो । विश्वविद्यालयले स्थानीय स्तरमा रहेको शैक्षिक जनशक्तिलाई प्राज्ञिक विकासमा प्रयोग गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन उकेशराज भुजु, नयाँगाउँ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्याल, बरिष्ट अधिवक्ता थ्रिलाल पराजुली, अभिभावक हेमानन्द शर्मा, सिटी कलेजका कार्यक्रम संयोजक बलबहादुर पाण्डे, मोहनलाल भण्डारी, मेघनाथ खनाल लगायतले बोल्दै नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा पुराना विद्यार्थीले नयाँ विद्यार्थीलाई स्वागत गर्नुका साथै सांस्कृतिक कार्यक्रम समेत भएको थियो । कार्यक्रममा करिव २ सय जना विद्यार्थी सहभागि भएका थिए ।



