अमेरिकी प्राध्यापकलाई बौद्ध विश्वविद्यालयमा स्वागत

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनका लागि आउनुभएका अमेरिकी प्राध्यापकलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ । अमेरिकाको पूर्वि केन्थकी विश्वविद्यालयका प्राध्यापक डा. जे. अब्राह्म भेलेज दा केआ आगन्तुक प्राध्यापकका रुपमा बौद्ध विश्वविद्यालयमा आउनुभएको हो ।

स्पेनिस नागरिक अब्राह्म अमेरिकाको केन्थकी विश्वविद्यालयको इतिहास, दर्शन र धर्मशास्त्र विभागको एसियन अध्ययनका निर्देशक हुनुहुन्छ । दुई महिनासम्म बौद्ध विश्वविद्यालयमा रही प्राध्यापन, अनुसन्धान कार्यमा उहाँले काम गर्नुहुनेछ ।

दुई दशक लामो अवधि प्राध्यापन र अनुसन्धानमा विताउनुभएका प्राध्यापक अब्राहमले पाली तथा थेरबाद बौद्ध दर्शनमा श्रीलंकाको पेराडेनिया विश्वविद्यालय र अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो । उहाँका बौद्ध दर्शनसंग सम्बन्धित दुई पुस्तक प्रकाशनमा रहेका छन् ।

विश्वविद्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच उहाँलाई उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले स्वागत गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले प्राध्यापक अब्राह्मको आगमनले विश्वविद्यालयका प्राज्ञिक उन्नयनमा टेवा पुग्ने बताउनुभयो । स्पेन र अमेरिकामा संगालेका अनुभवहरुले बौद्ध विश्वविद्यालयको विकासमा योगदान पुराउनेमा उहाँले विश्वास गर्नुभयो ।

त्यस्तै अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले बौद्ध दर्शन शिक्षा, पुरातात्विक क्षेत्रको उत्खनन् र प्रवद्र्धनमा प्रोफेसर अब्राह्मको अनुभवबाट विश्वविद्यालयले लाभ लिने बताउनुभयो ।

सो अवसरमा विश्वविद्यालयका निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्ले, अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक सन्जिव हुमागाईं, केन्द्रीय

क्याम्पस प्रमुख निरबहादुर गुरुङ, प्राध्यापक डा. भिक्षु संकिच्च लगायतले बोल्नुभएको थियो ।

विश्वविद्यालयका अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईंले प्राध्यापक अब्राहमले दुई महिनासम्म बौद्ध विश्वविद्यालयमा रहदा शिक्षकसंग अनुसन्धान विषयमा छलफल, विशेष कक्षा प्रदान गर्ने बताउनुभयो ।

प्रोफेसर अब्राहमले बुद्धिष्ट इथिक्स, अन्र्तराष्ट्रिय कानून, अन्र्तधर्म भित्रको द्वन्द्वको रोकथाम र शान्ति निर्माण, बौद्ध दर्शन र वातावरण, लुम्बिनीको प्रवद्र्धन कसरी गर्ने विषयमा विशेष कक्षाहरु दिनुहुनेछ । अनुसन्धानका तौरतरिकाका विषयमा शिक्षकहरुबीच अनुभव आदानप्रदान समेत हुनेछ ।

बौद्ध विश्वविद्यालयले सिकाईलाई प्रभावकारी बनाउन आगन्तुक प्राध्यापकबाट पठनपाठन गराउदै आएको छ । अहिलेसम्म दर्जनौ विदेशी प्राध्यापकहरुले बौद्ध विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *