ब्याचलर इन ट्रेडिसनल (बुद्धिष्ट) आर्ट कार्यक्रम सञ्चालन गर्नको लागि लुम्बिनी बौद्ध विश्वविद्यालय र अक्षेश्वर महाविहार बीच मिति २०७८ असोज ५ गते सहकार्य सम्झौता भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरु विकास तथा विस्तार कार्यका लागि विभिन्न शैक्षिक संस्था हरुसँग सहकार्य गरि अफ्ना कार्यक्रमहरु विस्तार गर्दै आइरहेको छ ।
लुबिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न वज्राचार्यको समुपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयको तर्फबाट बौद्ध अध्ययन सङ्कायका डीन डा.माणिक रत्न शाक्य, अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा.सञ्जीव हुमागाईले सहकार्य सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो भने अक्षेश्वर महाविहारको तर्फबाट अक्षेश्वर महाविहारका प्रमुख राजेश शाक्य तथा कोषाध्यक्ष सुमन बज्राचार्यले हस्ताक्षर गर्नुभएको थियो ।

- 28 Sep
- 2021