लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक परिषद् स्थायी समितिको बैठक सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको प्राज्ञिक परिषद् स्थायी समितिको बैठक मिति २०७८ साउन ३१ गते अनलाईनको माध्यमबाट सम्पन्न भयो। लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति साथै प्राज्ञिक परिषद् अध्यक्ष प्रा.डा.हृदयरत्न बज्राचार्यको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्य, विकास तथा प्रायोगिक विज्ञान संकायका डीन प्रा. उकेशराज भुजू, नि. परीक्षा नियन्त्रक इन्द्रप्रसाद काफ्ले र स्थायी समिति सदस्य डा. सुरेन्द्रमान बज्राचार्यको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन बौद्ध अध्ययन सङ्कायका डीन तथा प्राज्ञिक परिषद्का सदस्य-सचिव डा. माणिकरत्न शाक्यले भयो ।

 बैठकले अक्षेश्वर महाविहारसँगको सहकार्यमा Bachelor in Traditional Art कार्यक्रम संचालन र बोधि इन्ष्टिच्यूटसँगको सहकार्यमा Certificate in Buddhist Monastic Education कार्यक्रम सम्बन्धमा प्रस्ताव अनुमोदनसहित सम्झौताको लागि कार्यकारी परिषद् मा पठाउने निर्णय गर्नुका साथै Master in Bhot Buddhist Studies को उपाधि स्थापना सम्बन्धमा स्वीकृतिको निमित्त आवश्यक निर्णयार्थ विश्वविद्यालय सभामा सिफारिस गर्ने निर्णयसहित स्नातकोत्तर तहको बौद्ध वास्तुकला एवम् भौतिक योजनाको सेमेष्टरको, स्नातक तहको ग्रामीण विकास सेमेष्टरको र BALLB को तेस्रो सेमेष्टरको पाठ्यक्रम अनुमोदन गर्ने निर्णय भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *