देशकै एक मात्र बौद्ध विश्वविद्यालय लुम्बिनी बौद्ध विद्यालय र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच बेल्ट र रोड विश्व बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र निर्माण गर्ने सम्झौता सप्पन्न भएको छ । दुई संस्था विच बौद्ध संस्कृति आदानप्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।
नयाँ सम्झौतापत्र अनुसार आपसी समझदारी तथा सहयोगमा दुई संस्था बीच शैक्षिक अनुसन्धान, विद्यार्थी र संकाय एवम प्रविधि रुपान्तरणको समेत आदान प्रदान हुनेछ ।
चिनियाँ प्रतिनिधिले विश्वविद्यालयका कार्यबाहक उपकुलपती तिलकराम आचार्य लगायतसँग छलफल गरी सम्झौताको अन्तिम रुप दिइएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयकातर्फबाट कार्यबाहक उपकुलपती तिलकराम आचार्य र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका तर्फबाट महासचिव होङ होङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
Lumbini Buddhist University had signed a MOU with Silk Road International Cooperation Organization, Dunhuang Regional Economic and Industrial Development of International Research with the aim of establishing Belt and Road World´s Buddhism Culture Exchange Centre . The Centre will make academic exchanges on subjects related to Buddhist culture and organising social activities and trainings, research projects and international cooperation in relevant.Acting Vice-Chancellor of LBU Tilakram Acharya and Secretary General cum Legal Advisor of Sico Hong HONG put down the sign today in central office of University at Lumbini.


