लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजित १४ औँ वार्षिकोत्सव विशेष समारोह तथा भवन उद्घाटन कार्यक्रम सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भएको छ ।

स्थापना दिवसका अवसरमा विश्वविद्यालयको नवनिर्मित सात वटा भवनहरुको पनि उद्घाटन गरिएको थियो । विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन निर्माण गरेको छ ।
बौद्धधर्मको प्रचारप्रसारमा उल्लेखनीय योगदान पु¥याउनुहुने नेपालका ख्यातीप्राप्त बौद्धधर्मका ज्ञाता र विश्वविद्यालयका पूर्वउपकुलपतिका साथै पूर्व रजिष्ट्रारलाई सम्मान पनि गरिएको थियो । विशेष समारोहमा प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा आचार्य महायोगी विद्याधर श्रीधर राणा रिम्पोछे, भिक्षुणी धम्मावती गुरुमा , ज्ञानुपूृर्णीक महास्थविर, ङ्वाङ्ग तेञ्जिङ्ग जाङ्ग्पो रिम्पोछे लाई  बौद्ध विद्धानको रुपमा  सम्मान गरिएको थियो ।

यस्तै पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्य,  प्रा.डा त्रि-रत्न मानन्धर  र पूर्वरजिष्ट्रार  डा. पिताम्बरलाल यादवलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *