गुम्बा शिक्षालाई मुलधारको शिक्षामा समायोजन गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमबार एक छलफल भएको छ ।नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय अन्तर्गत उच्चस्तरीय शिक्षा आयोगद्वारा गुम्बा शिक्षालाई मुलधारको शिक्षामा कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा समितीका अध्यक्ष, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा. नरेश मान बज्राचार्य, रजिस्ट्रार तिलक आचार्य, बौद्ध अध्ययन संकायका डिन डा. मानिक रत्न बज्राचार्य,परिक्षा नियन्त्रक सिद्धीश्वर मान श्रेष्ठ, लुम्बिनी बौद्ध विश्वविद्यालयका पुर्व उपकुलपतिहरु, तथा गुम्बा शिक्षासंग सम्बन्धित विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुबीच गुम्बा शिक्षालाई कसरी अगाडि बढाउने र लुम्बिनी बौद्ध विश्वविद्यालयको भुमिकाका बिषयमा छलफल भएको हो । छलफलमा विभिन्न जिल्लाका गुम्बाका लामागुरु तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संस्थाहरुका प्रतिनिधिको सहभागिता थियो ।