लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले स्नातक तह अध्ययनका लागि लुम्बिनी क्षेत्रका विद्यार्थीहरुको विषय रोजाई स्थलगत अध्ययन प्रतिवेदन आज एक कार्यक्रमका विच सार्वजनिक गरेको छ ।
केन्द्रिय कार्यालय लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य,प्रदेशसभा सदस्य फकुरद्दीन खान,लुम्बिनी विकाष कोषका उपाध्यक्ष भिक्षु मेत्तैया, केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने लगायतले प्रतिवेदन सार्वजनिक गरेका थिए ।
प्रतिवेदन सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि रजिष्ट्रार तिलक आचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयका मेरुदण्डका रुपमा रहेको लुम्बिनी क्षेत्र र यस आसपासको क्षेत्रका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन यो प्रतिवेदनको निष्कर्ष सहयोगी हुने कुरा बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी क्षेत्रको शैक्षिक उन्नयनमा विश्वविद्यालय र स्थानीय निकायको सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रमका विशेष अतिथि पाँच नम्बर प्रदेशको प्रदेशसभा सदस्य फकुरद्दीन खान,लुम्बिनी विकाष कोषका उपाध्यक्ष भिक्षु मेत्तैया र प्रमुख अतिथि रजिष्ट्रार तिलक आचार्यले विचारहरु प्रस्तुत गर्दै विश्वविद्यालयको उन्नति प्रगति र यस क्षेत्रको शैक्षिक उन्नयनमा विश्वविद्यालय र स्थानीय निकाय एक अर्काका परिपुरक हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा लुम्बिनी आसपासका विभिन्न गाउँपालिका, नगरपालिकाका प्रमुखहरु, शिक्षक, कर्मचारी र विद्यार्थीहरु उपस्थित उक्त कार्यक्रम केन्द्रीयन क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।